राजनीति

१८९५ मतगणना गर्दा गगन थापाले पाए १२९४ मत र विश्वप्रकाश शर्माले पाए ८२७ मत

जगत ठाडा मगर
२०७८ पुस १ | मध्यान्ह ०१:०९ बजे

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन अन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । मतगणनामा गगन थापाले सर्वाधिक मत पाएका छन् ।

निर्वाचन समितिका अनुसार १८९५ मतगणना हुँदा गगन थापाले १२९४, विश्वप्रकाश शर्माले ८२७, प्रदीप पौडेलले ६६८, डा. प्रकाशशरण महतले ६२०, डा. मीनेन्द्र रिजालले ३२९ र डा. राजाराम कार्कीले ५८ मत प्राप्त गरेका छन् ।

महामन्त्रीका लागि ६ जना प्रतिष्पर्धामा रहे पनि दुईजना मात्रै निर्वाचित हुनेछन् ।

कमेन्टहरु