देश

खेतमा पानी लगाउन गएका योगीको कुलोमा डुबेर मृत्यु

जगत ठाडा मगर
२०७८ पुस १ | बिहान १०:०९ बजे

दाङ । दाङमा कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–११ बासगजरीका ५३ वर्षीय खिम बहादुर योगीको कुलोमा डुबेर मृत्यु भएको हो ।

खोलाबाट कुलो बनाई खेतमा पानी लगाउन गएका योगीको डुबेर मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

कमेन्टहरु