सर्लाहीमा आगो ताप्ने क्रममा ७० वर्षीया महिलाको मृत्यु

जगत ठाडा मगर
२०७८ पुस १ | बिहान ०९:०९ बजे

सर्लाही, ०१ पुस । सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । जाडो छल्न आगो तापीरहेकी जिल्लाको मंलगवा नगरपालिका वडा नम्वर ६ निवासीे नसिर खाँको जलेर मृत्यु भएको छ ।
७० बर्षीया खाँ बुधबार साँझ घर देखि ५ सय मिटर बाटोको छेउमा पराल बाली आगो तापीरहँदा उनको शरीरमा आगो सल्केको थियो । उनले लगाएको साडिमा आगोले पोखी छटपटाई रहेको अवस्थमा प्रहरी गस्ती टोलिले देखेपछि उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मंलगवा पठाएको थियो ।
आज (बिहीबार) बिहान उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता बाधव प्रसाद बुढाथोकिले जानकारी दिए ।






















