रौतहटको कटहरियामा १५ बेडको आधारभुत अस्पताल भवनको शिलान्यास


सिताराम साह
रौतहट, पौष ०१ । रौतहटको कटहरियामा १५ बेडको आधारभुत अस्पताल भवनको शिलान्यास गरिएको छ । कटहरिया नगरपालिकाका नगर प्रमुख शियाराम कुश्वाहले आज एक कार्यक्रमका बिच आधारभुत अस्पताल भवनको शिलान्यास गरेका हुन् ।
नेपाल सरकारको स्वास्थ्य मन्त्रालय र कटहरिया नगरपालिकालको आर्थिक सहयोगमा कुल ११ करोडको लागतमा सो भवनको शिलान्यास गरिएको छ । वडा नं. ५ मा रहेको स्वास्थ्य चौकी कार्यलयको पछाडी पट्टी रहेको खाली जग्गामा प्रमुख अथिती समेत रहेका नगर प्रमुख कुश्वाहाले शिलान्यास गरेका हुन् ।
दुई बर्षमा निर्माण कार्य सम्पन्न हुने गरी महालक्ष्मी ÷धन्नजय ÷चौधरी जेभी गौर ७ ले उक्त ठेक्का सकार गरेका छन् । शिलान्यास कार्यक्रममा बिशिष्ट अथिती प्रमुख प्रशासकिय अधिकृत राम प्रकाश साह, अथितीहरुमा कटहरिया नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राजकुमार साह, वडा नं. ७ का हरिभजन साह, ८ का नवद राय यादव र कार्यपालिका सदस्य रामप्रबेश साह सोनार रहेका थिए ।
त्यस्तै अतिथिहरुमा एमालेका नेता योगेन्द्र साह, बिनोध जयसवाल, उपमेयरका श्रीमान समाजसेवी नसरुदीन अंसारी, नगरपालिकाका कर्मचारी उमेश दास, स्वास्थ्य चौकी कटहरियाकाका प्रमुख शन्तोष यादव, पत्रकार स्थानिय भद्धभलादमी बुद्धीजीवी लगायतको उपस्थितीमा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।






















