दाङमा खुकुरीसहित ३ जना पक्राउ

जगत ठाडा मगर
२०७८ मंसिर २९ | मध्यान्ह ०८:०८ बजे

दाङ । दाङको तुलसीपुरबाट खुकुरीसहित तीन जनालाई पक्राउ गरिएको छ । तुलसीपुरको बसपार्कबाट दुई थान खुकुरी र अर्को एकथान धारिलो हतियारसहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।
उनका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क निवासी १९ वर्षीय अजय मियाँ, रानीजरुवाका समीर विक र मासु मार्केटका कोरेस विक रहेका छन् ।
तुलसीपुरमा आफूमाथि कुटपिट गरेको बदला लिनका लागि आक्रमण गर्ने तयारी गरिरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । रासस






















