नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्र पदमुक्त, सन्दीपलाई कप्तानको जिम्मेवारी

जगत ठाडा मगर
२०७८ मंसिर २९ | मध्यान्ह ०७:०८ बजे

काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गरेको छ । क्यानको बुधबार सम्पन्न बोर्ड बैठकले मल्ललाई कप्तानबाट हटाउने निर्णय गरेको हो । बैठकले कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिने निर्णय गरेको छ ।
खेलाडीको केन्द्रीय सम्झौतालाई लिएर कप्तान मल्लसहित केही सिनियर खेलाडीले सार्वजनीक रुपमा गुनासो गरेका थिए । खेलाडीको वर्गिकरण बैज्ञानिक र व्यवहारिक नभएको उनीहरुको गुनासो थियो । सोही विषयलाई लिएर सोधिएको स्पष्टिकरण चित्त बुझ्दो नभएको र खेलाडी आचारसंहिता पालना नगरेको भन्दै क्यानल मल्ल र ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरेको छ ।






















