स्वास्थ्य

आजकाे आवश्यकता अस्पतालकाे स्थापना : मुख्यमन्त्री केसी

नवलपुर टुडे
२०७८ मंसिर २९ | मध्यान्ह ०६:०८ बजे

नवलपरासी/मंसिर २९ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं ४ लाेहराैलीमा रहेकाे पाल्हिनन्दन अस्पतालकाे नयाँ भवन आज एक कार्यक्रम बिच उद्घाटन गरिएको छ । कार्यक्रममा बाेल्दै प्रमुख अतिथी मुख्यमन्त्री केसीले तराईका जनताले सिमा तथा देशकाे रक्षा गरिरहेको र मधेसी जनताकाे नागरिक्ताकाे समस्या छिटोभन्दा छिटाे समाधानका लागि आफू पनि संघिय सरकारसँग कुरा राख्ने प्रतिबद्धता गर्नुभयाे । स्वास्थ्य र शिक्षालाई मुल समस्याकाे रुपमा लिएर आफू सधैं अगाडि बढ्ने बताउनुभयाे ।

पाल्हिनन्दनमा १५ शैयाकाे अस्पताल निर्माण भएकाे आफुहरुलाई सहज तरिकाले सेवा लिने वातावरण पनि उपलब्ध भयाे स्थानीयले बताउँछन् । अहिले अस्पतालमा २५ जना स्वास्थ्यकर्मी कार्यरत रहेकाे अस्पतालका निमित्त प्रमुख महेश्वर गुप्ताले जानकारी दिनुभयाे । पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)काे पहलमा १५ शैयाकाे अस्पताल प्रदेश सरकारकाे बजेटबाट निर्माण गरिएकाे निमित्त प्रमुख गुप्ताले बताउनुभयाे ।

received 954538371936510

पाल्हिनन्दन गाउँपालिका कार्यालय बेलाशपुरकाे आयाेजनामा पाल्हिनन्दन अस्पतालकाे समुद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ । उक्त अस्पताल ६ कराेड ४६ लाख प्रदेश सरकारकाे बजेटमा निर्माण भएकाे हाे । पाल्हिनन्दन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)काे अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल बहादुर केसीकाे प्रमुख आतिथ्यता एवम् प्रदेश सरकारका उधाेग तथा आपूर्ति मन्त्री अजय शाही विशिष्ट आतिथ्यतामा उद्घाटन भएकाे हाे ।

कार्यक्रममा स्वागत मन्तव्य अस्पतालका निमित्त प्रमुख महेश्वर गुप्ताले राख्नुभएको थियाे भने प्रदेश सभा सदस्य बैजनाथ जयसवाल, पुर्व स्थानीय विकास राज्य मन्त्री घनश्याम यादव, प्रदेश स्वास्थ्य मन्त्रालयका निर्देशक विनाेद गुप्ता, जसपा नवलपरासीका अध्यक्ष धरेन्द्र यादव, लाेसपा नवलपरासीका अध्यक्ष मुकुर्जी गिरी लगाएतले आ-आफ्नो मन्तव्य राख्नुभएकाे थियाे ।received 1592407781097630

कार्यक्रममा पृथ्वी चन्द्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नुरुल हाेदा, प्रमुख जिल्ला अधिकारी नवलपरासीका धर्मेन्द्र कुमार मिश्र, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख मनाेज कुमार यादव, शस्त्र प्रहरी गण नं २६ नवलपरासीका उपरीक्षक महेश अधिकारी, पाल्हिनन्दन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गाैतम, विभिन्न राजनीतिक दलका प्रतिनिधि र पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रम सञ्चालन गाउँपालिकाकाे लेखा अधिकृत सञ्जय शर्माले गर्नुभएको थियाे ।

कमेन्टहरु