कांग्रेस महाधिवेशन : आज उपसभापति पदको मात्र मतगणना गर्ने

जगत ठाडा मगर
२०७८ मंसिर २९ | मध्यान्ह ०३:०८ बजे

xकाठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका भएको निर्वाचनमा पदाधिकारीको मतगणना आजदेखी सुरु हुने भएको छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले आज उपसभापति पदको मात्र मतगणना हुने बताएका छन् । “आज हामी उपसभापतिको मात्र मतगणना सुरु गर्छौँ । त्यसपछि महामन्त्री र सहमहामन्त्रीको मतगणना हुनेछ,” घिमिरेले भने, “उपसभापतिको मतगणना सुरु हुने समय केही बेरमा तय हुनेछ ।”
पदाधिकारीको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुनेछ । मतपेटिकाहरू यसअघि नै सानेपा लगिसकेको छ ।






















