एमालेको केन्द्रीय कमिटीमा मनोनीत ४४ सदस्यले आज सपथ ग्रहण गर्दै

जगत ठाडा मगर
२०७८ मंसिर २९ | बिहान ०८:०८ बजे

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनित ४४ सदस्यहरुले आज शपथ ग्रहण गर्दै छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बिहान ११ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउने र त्यसपछि सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । एमालेले खुलातर्फ २०, महिलातर्फ १५ र पार्टी एकताको प्रक्रियाबाट आएका ९ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।
एमालेको विधानमा उल्लेख व्यवस्था अनुसार केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनीत गरिएको हो ।






















