राजनीति

एमालेमा तीब्र असन्तुष्टि बढ्दै, दोलखा जिल्ला अध्यक्ष पोखरेलले दिए राजीनामा

जगत ठाडा मगर
२०७८ मंसिर २९ | बिहान ०८:०८ बजे

काठमाडौं – नेकपा एमालेभित्र कार्यविभाजनलाई लिएर असन्तुष्टि देखिएको छ । अध्यक्ष केपी शर्मा ओलीले कसैसँग सरसल्लाह नगरी एकतर्फी रूपमा केन्द्रीय सदस्यको कार्यविभाजन गरेपछि नेताहरू असन्तुष्ट भएका हुन् ।

केन्द्रीय कमिटी सदस्य मनोनयन र जिल्लाबाट आफूभन्दा कनिष्ठलाई अघि बढाइएकोमा असन्तुष्ट भएका नेकपा एमाले दोलखाका जिल्ला अध्यक्ष ईश्वर चन्द्र पोखरेलले पदबाट समेत राजीनामा दिएका छन् ।

पोखरेलले नैतिकताको आधारमा एमाले दोलखाको अध्यक्षबाट राजीनामा दिएको सामाजिक सन्जालबाट घोषणा गरेका छन् । आफूले कार्यवाहक अध्यक्षको जिम्मा उपाध्यक्ष नरबहादुर श्रेष्ठलाई दिएको पोखरेलले बताएका छन् ।

एमाले दोलखाका दुई नेता आनन्द पोखरेल, पार्वत गुरुङ र ईश्वरी रिजाल पोलिटव्युरो सदस्य बनेका छन् भने सरस्वती बस्नेत र रचना खड्का केन्द्रीय सदस्य छन् । बस्नेतलाई दोलखा जिल्ला इन्चार्जको जिम्मा दिइएको छ । आफूभन्दा जुनियर जिल्ला इन्चार्ज भएपछि अध्यक्षमा बस्न नैतिक रुपमा नमिल्ने भन्दै पोखरेलले असन्तुष्टी व्यक्त गरेको स्रोतले जनाएको छ ।

उनी केन्द्रीय सदस्य मनोनयनको अपेक्षामा थिए ।जिल्लाका सिनियर नेता पोखरेल तामाकोशी गाउँपालिकाको अध्यक्ष पनि छन् । उनले जिल्ला अधिवेशन सम्पन्न गरेर नेतृत्व छाड्ने तयारी गरिरहेका थिए

कमेन्टहरु