समाज

“कलम साथै मलम” अभियानले पाए पूर्णता

जगत ठाडा मगर
२०७८ मंसिर २९ | बिहान ०७:०८ बजे

सूरज नेपाली
बुटवल । दरवार देउराली दर्शन सेवा समाज चारपाला र युनाइटेड हेल्थ एण्ड फिटनेस क्लबकाे संयुक्त कलम साथै मलम अभियानले पूर्णता पाएकाे छ ।

सफलताको यस पावन अवसरमा सम्पूर्ण सहयाेगीहरुलाई हार्दिक बधाईका साथ धन्यवाद ज्ञापन गर्दै तपाईंको सहयाेगले अब हामीले स्थापना गरेकाे रु ५,००,०००/- अक्षरुपी पाँच लाख रुपैयाँको “कलम साथै मलम” अक्षयकोषबाट ९.०५ % का दरले सरदर आउने वार्षिक रु.५४,०००/- ब्याजबाट यस गुल्मीदरवार गाउँपालिका वडा नं. ६ र ७ का सामुदायिक विद्यालयमा पढने गरिब तथा विपन्न वर्गका कम्तिमा १० जना बालबालिकालाई अध्ययनका लागि सहयाेग मिल्ने छ ।

सम्पूर्ण सहयाेगीहरुलाई बधाई छ किनकी तपाईंको सहयाेग गर्व गर्न लायक ठाउँमा लगानी भएकाे छ । आउँदा दिनहरुमा पनि यसरी नै साथ र सहयाेगकाे अपेक्षा गर्दै सामाजिक सेवाका यस्ता थुप्रै रचनात्मक कार्यहरुलाई निरन्तरता दिने समेत प्रतिवद्धता जाहेर गर्छाै ।

कमेन्टहरु