देश

संसद बैठकको सुरुवात मै एमालेको नाराबाजी

जगत ठाडा मगर
२०७८ मंसिर २८ | मध्यान्ह ०२:०८ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको पहिलो बैठक नै अवरुद्ध गरेको छ । सभामुख अग्नि सापकोटाको कार्यशैलीप्रति असन्तुष्ट रहेको एमालेले मंगलबार सुरु भएको १०औँ महाधिवेशनको पहिलो बैठकमा नाराबाजीसहित अवरुद्ध गरेका हुन् ।

संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरूले विरोध गर्दै आएका थिए । संसद अधिवेशनको बैठक सुरू हुनुअघि बसेको एमाले संसदीय दलको बैठकमा दलका अध्यक्ष केपी शर्मा ओलीले संसदमा हुँदै आएको विरोध प्रदर्शन जारी राख्न निर्देशन दिएका थिए ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसदीय दलको बैठकले संसद अवरोधलाई निरन्तरता दिने निर्णय भएको जानकारी दिए ।

कमेन्टहरु