देश

विवेकको प्रयोग गरेर मतदान गर्नुहोस् : शेखर कोइराला

जगत ठाडा मगर
२०७८ मंसिर २८ | मध्यान्ह ०२:०८ बजे

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार डा. शेखर कोइरालाले विवेकको प्रयोग गरेर मतदान गर्न महाधिवेशन प्रतिनिधिहरुलाई अपील गरेका छन् ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि दोस्रो चरणको मतदान साढे ३ बजे शुरु हुनेछ । उनले पहिलो चरणको निर्वाचनमा दोस्रो धेरै मत ल्याएका थिए ।

आफ्नो प्यानलका सबै उम्मेदवारलाई राखेर पत्रकार सम्मेलन गरेका उनले परिणाम जे सुकै आएपनि आफू स्विकार्न तयार रहेको बताएका छन् । साथै दोस्रो चरणको निर्वाचनमा आफ्नो जित हुने दाबी गरेका छन् ।

डा. कोइरालाले महाधिवेशन प्रतिनिधिहरुलाई भने, ‘आफ्नो विवेक प्रयोग गर्नुस्, आफ्नो अन्तर आत्माले के भन्छ, त्यो भोटमा प्रतिविम्बित गर्नुस् ।’

कमेन्टहरु