लुम्बिनी प्रदेश

पाल्पा–बुटवल सडकखण्ड दैनिक सात घण्टा बन्द हुने

जगत ठाडा मगर
२०७८ मंसिर २८ | मध्यान्ह ०२:०८ बजे

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड पन्ध्र दिनसम्म दैनिक सात घण्टा बन्द हुने भएको छ ।

सडक डिभिजन कार्यालयले उक्त राजमार्ग चौडा गर्न आजदेखि पुस १३ गतेसम्म राति ९ः३० देखि बिहान ४ बजेसम्म सडक बन्द हुने जनाएको हो ।

सिद्धबाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौँडेपुलसम्म सडक चौडा बनाउनका लागि पहाडसमेत कटान गर्न लागिएको बताइएको छ । रासस

कमेन्टहरु