देश

मुख्यमन्त्री राउतको हात समातेर भने–एक बोरा मल उपलब्ध गराई देऊ सरकार (भिडियोसहित)

जगत ठाडा मगर
२०७८ मंसिर २८ | मध्यान्ह ०२:०८ बजे

सप्तरी, २८ मसिर । प्रदेश कृषि विश्व विद्यालयको कार्यालय उद्धाटन गरी गाडी चढन लागेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई कार्यक्रम स्थल बाहिर एक जना बृद्धले उनलाई हार गुहार गरि रहेको थियो ।
राजविराज नगरपालिका वडा नम्वर ११ फर्सेठका ६५ वर्षीय राम प्रसाद यादवले मुख्यमन्त्री राउतको हात समातेर भने, ‘एक बोरा मल (खाद) उपलब्ध गराई देऊ सरकार भन्दै हार गुहार गरिएका थिए ।’

यादवले गहुँ छर्ने समयमा रासायनिक मल नपाएको गुनासो गरे । किसानको प्रतिनिधि आवाज बोलेका यादवले सरकारको ध्यानाकर्षण गराए । सप्तरीलाई कृषि शिक्षाको हब बनाउने, समृद्धि ल्याउने, बेरोजगारी अन्त्य गर्ने र आत्मनिर्भर बनाउने सपना बाँडेर कार्यक्रम सकाएर गाडि चढन लागदा मुख्यमन्त्री राउतलाई हार गुहार गर्दै मल उपल्ब गारई दिन आग्रह गरे ।

तर, वृद्ध गुनासो गरिरहेका थिएँ मुख्यमन्त्री राउत गाडिमा चढेर हिडे । ‘सप्तरीका किसानले मल पाएनन् । मलको अभावले किसानहरू बिचल्लीमा परे ।’ गहुँ बाली लगाउने बेला सबै भन्दा बढि डीएप मलको माग बढी हुन्छ । मलको खोजीमा किसानहरू गाउँदेखि सहरसम्म भौतारिरहेका छन् । यादवले पनि गाउँकै डिलरदेखि राजविराज स्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयसम्म धाए । तर, मल नपाएको गुनासो उनको थियो । उनले मुख्यमन्त्रीसँग धेरै पनि होइन, मात्र एक बोरा उपलब्ध गराइदिन अनुनयविनय समेत गरे ।

डिलरहरूले लुकेर महँगोमा बेच्ने गरेका कारण दैनिक सदरमुकामसम्म धाउँदा पनि किसान खाली हात फर्किनुपरेको बाध्यता वृद्ध यादवले सुनाए ।

कमेन्टहरु