काँग्रेस महाधिवेशन : दोस्रो चरणको मतदान साढे ३ बजेदेखि

जगत ठाडा मगर
२०७८ मंसिर २८ | बिहान ११:०८ बजे

काठमाडौं । नेपाली काँग्रेसको सभापति चयनका लागि दोस्रो चरणको मतदान आजै साढे ३ बजेदेखि सुरु हुने छ । सोमबार मतदान भएका तीन स्थानमा नै आज पनि मतदान हुने भएको हो ।
नेपाली काँग्रेस सभापति पदको चुनावमा पहिलो चरणमा कुनै पनि आकांक्षीले ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुन दोस्रो चरणको मतदान हुने भएको हो । पहिलो चरणमा सबैभन्दा बढी ल्याएका शेरबहादुर देउवा र दोस्रो धेरै मत ल्याउन शेखरबीच प्रतिस्पर्धा हुनेछ ।
यसअघि सभापतिको रेसमा रहेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ बाहिरिएका छन् ।






















