देश

सप्तरीमा मल नपाएपछि किसान आन्दोलित

जगत ठाडा मगर
२०७८ मंसिर २८ | बिहान ११:०८ बजे

सप्तरी, २८ मंसिर । सप्तरीमा मल (खाद) नपाएपछि किसानहरु आन्दोलित भएका छन् । मंगलबार राजविराज–हनुमाननगर सडक खण्डमा टायर बालेर विहान १ घण्टा सडक अवरुद्ध गरेका छन् ।

किसानहरुले भने–कृषि सामग्री कार्यालयको कमजोरीका कारण आफुहरुलाई समस्या भइरहेको गुनासो गरे । ‘कार्यालयले डिलरलाई मल दिदाँ डिलरहरुले महँगो रकममा बेच्नकालागि हामी जस्ता किसानलाई जानकारी पनि गराउँदैन ।

आफ्ना आसेपासेका मानिसहरुलाई दिएर केहि छिनमै मलखाद सकि सकेको भने गरिन्छ । यसमा पनि राजनितिक पहुँच भएका व्यक्तिहरुले मात्र पाउने गरेको किसानहरुले गुनासो गरे ।

कमेन्टहरु