देश

काँग्रेस महाधिवेशन : दोस्रो चरणको मतदान हुने सम्भावना

जगत ठाडा मगर
२०७८ मंसिर २८ | बिहान ०८:०८ बजे

काठमाडौ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि सोमबार राति काठमाडौंमा सम्पन्न मतदानपछि राष्ट्रिय सभागृहमा सभापति पदतर्फको मतगणना जारी छ ।

कांग्रेसको निर्वाचन समितिका अनुसार खसेको कूल कूल ४,६७९ मतमध्ये ३२८२ मतगणना भइसकेको छ । योसँगै पहिलो चरणमै सभापति पदको छिनोफानो हुने सम्भावना घटेको छ । सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्ने काँग्रेसको विधानमा उल्लेख छ । तर, अहिलेसम्म गणना भएको मतमा कसैले पनि ५० प्रतिशत मत ल्याउन सकेका छैनन् ।

कसैल पनि ५० प्रतिशत मत ल्याउन नसके आजै साँझ पुनः दोस्रो चरणको मतदान गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ । सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

कमेन्टहरु