प्राविधिक दक्ष जनशक्ति उत्पादन नभएसम्म प्रदेश र देशको विकास नहुने : मुख्यमन्त्री राउत

जगत ठाडा मगर
२०७८ मंसिर २७ | मध्यान्ह ०९:०८ बजे

सप्तरी, २७ मंसिर । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले प्राविधिक दक्ष जनशक्ति उत्पादन नभएसम्म प्रदेश र देशको विकास नहुने बताएका छन ।
मुख्यमन्त्री राउत कृषि विश्वविद्यालयका कुलपति समेत रहेका जसका लागि प्रदेश सकारले प्राविधिक शिक्षा सम्बन्धी बोर्ड गठन गर्न लागेको बताए ।
सघिय सरकारले सीटीईभीटी प्रदेश मातहत दिन चाहिरहेकाे छैन् । उनले भने-‘बाध्य भएर प्रदेश सकारले प्राविधिक शिक्षा सम्बन्धी बोर्ड गठन गर्न लागेकाे जानकारी दिए ।’
प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन गरेर आत्मनिर्भर एवम् रोजगारमूलक प्रदेश बनाउने बताउँदै मुख्यमन्त्री राउतले जसअनुसार कृषि विश्वविद्यालय स्थापना गरिएको र यसलाई संचालनका लागि प्रदेश सरकार हरसम्भव प्रयासरत रहने प्रतिवद्धता समेत व्यक्त गरे ।






















