कांग्रेस महाधिवेशन : पौने ४ बजेसम्म १३ सय बढी मत खस्यो

जगत ठाडा मगर
२०७८ मंसिर २७ | मध्यान्ह ०४:०८ बजे

काठमाडौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी छ । मध्याह्न १२ देखि सुरु भएको मतदानमा पौने ४ बजेसम्ममा १३६५ भन्दा बढी मत खसेको छ ।
कांग्रेस महाधिवेशनमा १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नयाँ नेतृत्वका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदान भइरहेको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म राष्ट्रिय सभा गृहमा ५१३ र भृकुटीमण्डपका दुई स्थानमा ८५२ मत गरी कुल १३६५ मत खसेको छ ।






















