देश

कांग्रेस महाधिवेशन : २ बजेसम्ममा ६०० मत खस्यो

जगत ठाडा मगर
२०७८ मंसिर २७ | मध्यान्ह ०२:०८ बजे

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । काठमाडौंको राष्ट्रिय सभागृह र भृकुटीमन्डपमा मतदान जारी छ ।

राष्ट्रिय सभागृहमा एक र भृकुटीमन्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ । तीनवटै स्थानमा गरेर दिउँसो २ बजेसम्म ६०० मत खसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले जानकारी दिए । कांग्रेसमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि ४७२३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।

आज बिहान ८ बजेदेखि सुरु गर्ने भनिएको मतदान ढिला गरी मध्याह्न करिब १२ बजेदेखि मात्रै सुरु भएको थियो ।

कमेन्टहरु