देश

कांग्रेस महाधिवेशन : सभापति देउवाले गरे मतदान

जगत ठाडा मगर
२०७८ मंसिर २७ | मध्यान्ह ०१:०८ बजे

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले मतदान गरिसकेको केन्द्रीय निर्वाचन समितिका एक सदस्यले जानकारी दिए ।

आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेका कारण चार घण्टा ढिलो गरी मध्याह्न करिब सवा १२ बजेदेखि सुरु भएको हो । राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रको बुथ ‘क’ बाट मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बेलुका ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका रहेको छ ।

काठमाडौंको राष्ट्रिय सभागृह र भृकुटीमन्डपमा मतदान केन्द्र तोकिएको छ । महाधिवेशनका लागि एघार सय बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ भने मतदानमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ । सबै मतपत्रका लागि अलग–अलग मतपेटिकाको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।

जारी महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या चार हजार ७४३ जना रहेका छन् ।

कमेन्टहरु