देश

पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न ३ जनालाई जन्मकैद

जगत ठाडा मगर
२०७८ मंसिर २७ | बिहान ०९:०८ बजे

काठमाडौं । जिल्ला अदालत दैलेखले पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न रहेको आरोप लागेका तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालतले आइतबार थापाको हत्याको मुख्य योजनाकार भनी आरोप लागेका बमबहादुर थापा (अरुण)सहित बमबहादुर खड्का (मुक्ति) र केशव खड्कालाई २० वर्षको कैद सजाय सुनाएको स्रेस्तेदार इन्द्रबहादुर कार्कीले बताए । आरोपितमध्ये अर्का भक्तिराम लामिछानेलाई तीन वर्षको कैद सजाय भएको छ ।

मुलुकी ऐनमा जन्मकैदको सजाय भए २० वर्ष कैद हुने व्यवस्था छ । न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले तीनजना आरोपितहरूलाई दोषी ठहर गरेको हो ।

कमेन्टहरु