राजनीति

रामचन्द्र पौडेल मतदानमा सहभागी नहुने

जगत ठाडा मगर
२०७८ मंसिर २७ | बिहान ०८:०८ बजे

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुन लागेको मतदानमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी नहुने भएका छन् ।

जारी महाधिवेशनमा संस्थापनइतरबाट सर्वसम्मत सभापतिको उम्मेदवार बन्ने योजना सफल नभएपछि असन्तुष्ट बनेका उनी आज मतदान गर्न नजाने निर्णय गरेको उनको सचिवालयले जनाएको छ । २४ गते भएको महाधिवेशन उद्घाटन समारोहमा सहभागी भए यता उनी महाधिवेशनको कुनै पनि प्रक्रियामा सहभागी भएका छैनन् । शनिबार विज्ञप्ति जारी गर्दै उनले मझदारमा आएर आफू मैदान छोड्नु परेको बताएका थिए ।

“चौधौँ महाधिवेशनसम्म आइपुग्दा मैले अनेक प्रपञ्च भोगेको छु,” उनले भनेका थिए, “प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अंगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझदारमा आएर प्रतिष्पर्धाको मैदान छाड्नुपर्ने अवस्थामा म पुगेँ ।”

कमेन्टहरु