वीरगञ्जबाट स्रोत नखुलेको १८ लाखसहित दुई जना पक्राउ

जगत ठाडा मगर
२०७८ मंसिर २७ | बिहान ०६:०८ बजे

वीरगञ्ज । वीरगञ्जबाट स्रोत नखुलेको १८ लाख रुपैयाँ सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आईतबार दिउँसो ३ बजे वीरगञ्ज–८ घण्टाघर स्थित सडकखण्डबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हुन् ।
पक्राउ पर्नेमा वीरगञ्ज–१० बस्ने २८ वर्षीय चन्दन कुमार साह र ४४ वर्षीय ओम प्रकाश गुप्ता पक्राउ रहेका छन् । घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना.१६ प.५४४६ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार चन्दनले बोकेको ब्यागमा श्रोत नखुलेको नेपाली रुपैयाँ १८ लाख फेला परेको प्रहरीले जनाएको छ ।
कारोबारमा संलग्न रहेको आरोपमा ओमप्रकाशलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरु दुवैजना विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।






















