खेलकुद

सरावलकाे ललितपुरमा नाईट दुक्कि क्रिकेट प्रतियोगिता पुष २ गतेदेखि सुरु हुने ।।

नवलपुर टुडे
२०७८ मंसिर २६ | मध्यान्ह ०८:०८ बजे

सुरेश यादव

नवलपरासी / मंसिर २६ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ४ ललितपुरस्थित यहीँ पुस २ गते शुक्रबारदेखि नाईट दुक्कि क्रिकेट प्रतियोगिता सुरु हुनेभएको छ । आआफ्नो टिप छिटोभन्दा छिटाे दर्ता काे अनुराेध गरिन्छ ।

शिव शक्ति युवा क्लब सरावल ४ ललितपुरकाे आयाेजनामा क्रिकेट प्रतियोगिता हुने क्लबका अध्यक्ष दिपक कुमार सहानीले जानकारी दिनुभएकाे छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु १५०००/- मेडल र कप तथा द्वितिय हुने टिमलाई नगद रु १००००/- मेडल र कप पुरस्कार दिनेछ क्लबका सचिव सचिन राईनले बताउनुभयो ।

खेल हरेक दिन साझ ६ बजेदेखि सुरु हुने आयाेजकले जनाएको छ । हरेक खेल ६-६ ओभरको हुने क्लबका उपाध्यक्ष शैलेश यादव जानकारी दिनुभयाे । टिम दर्ता शुल्क रु ११००/- तिर्नु पर्नेछ ।

कमेन्टहरु