प्रदेश २ मा स्वास्थ्य अनुसन्धान परिषद्को कार्यालय स्थापना

जगत ठाडा मगर
२०७८ मंसिर २६ | मध्यान्ह ०५:०८ बजे

जनकपुरधाम, २६ मंसीर । प्रदेश नम्वर २ को मुख्यमन्त्री लालबाबु राउतले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् इकाइ कार्यालयको आइतवार उद्घाटन गरेका छन् । धनुषाको सपहीस्थित प्रदेश स्वास्थ्य निर्देशनालयको प्राङ्गणमा निर्मित भवनमा कार्यालयको स्थापना गरेको हो ।
कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा अनुसन्धान परिषद्को इकाई कार्यालय स्थापना हुनु स्वागतयोग्य रहेको बताए । उनले परिषद्ले समय समयमा देखापर्ने रोगहरुको अनुसन्धान गर्दै उपचारमा सहयोग पु¥याउने विश्वास पनि व्यक्त गरे ।
परिषद्लाई आवश्यक पर्ने हरेक प्रकारको सहयोग गर्न प्रदेश सरकार तयार रहने मुख्यमन्त्री राउतले प्रतिवद्धता व्यक्त गरे ।






















