देश

संसद बैठकमा उपस्थित हुनको लागि सांसदहरुलाई एन्टिजेन परीक्षण गर्न संसद सचिवालयको सूचना

जगत ठाडा मगर
२०७८ मंसिर २६ | मध्यान्ह ०२:०८ बजे

काठमाडौं । संघीय संसद सचिवालयले मंसिर २८ गते आह्वान गरेको संसद बैठकमा सभामुखलगायत सांसद, कर्मचारी, सुरक्षाकर्मी र पत्रकारहरुलाई एन्टिजेन परीक्षण गरेर मात्र संसद बैठकमा उपस्थित हुन सुचना जारी गरेको छ ।

सचिवालयका शाखा अधिकृत लक्ष्मीप्रसाद ओझाले आइतबार सूचना प्रकाशित गर्दै कोरोना संक्रमणको जोखिम कायमै रहेकाले प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सबै सांसद, संघीय सचिवालयका महासचिव तथा सचिव, सुरक्षाकर्मी तथा मर्यादापालक, कर्मचारी तथा पत्रकारहरुलाई एन्टिजेन परीक्षण गर्न भनिएको हो ।

त्यसका लागि सचिवालयले सोमबार बिहान ११ बजेदेखि ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको स्काई लाइट हलमा एन्टिजेन परीक्षणको व्यवस्था मिलाएको जारी सूचनामा उल्लेख छ ।

photo 2021 12 12 01 02 08

कमेन्टहरु