राजनीति

एमालेको केन्द्रीय सदस्यमा दुर्गा प्रसाईलाई मनोनीत गर्ने ओलीको प्रस्ताव

जगत ठाडा मगर
२०७८ मंसिर २६ | मध्यान्ह ०२:०८ बजे

काठमाडौं । नेकपा एमालेले व्यवसायी दुर्गा प्रसाईलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ ।

भक्तपुरमा जारी एमालेको स्थायी कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी प्रसाईसहित ३९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने प्रस्ताव गरेका हुन् । झापाको बिएण्डसी मेडिकल कलेजका सञ्चालक समेत रहेका प्रसाईं एमालेको विधान महाधिवेशनबाट पार्टीमा सक्रिय देखिएका थिए ।

त्यसपछि उनी एमालेको महाधिवेशनमा झापाबाट महाधिवेशन प्रतिनिधिको रूपमा सहभागी भएका थिए । ओलीको प्रस्तावमा उपाध्यक्षहरू सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले आफ्ना धारणा राखिसकेका छन् ।

त्यस्तै सचिव योगेश भट्टराईले भने यस प्रस्तावको विरोध गरिरहेका छन् ।

कमेन्टहरु