गुल्मीदरबार गाउँपालिकाको चारपालामा वडास्तरीय व्याटमिन्टन प्रतियोगिता हुने


सूरज नेपाली
बुटवल, मङ्सिर २४ ,गुल्मी । गुल्मीदरबार गाउँपालिकाको चारपालामा वडास्तरिय व्याटमिन्टन प्रतियोगिता हुने भएको छ।
युनाइटेड हेल्थ एन्ड फिटनेस क्लब गुल्मीदरबार गाउपालिका वडा नम्बर ६ र ७ को प्रथम अधिवेशनको अवसरमा चारपाला देउराली खेल मैदानमा मङ्सिर २४ र २५ गते प्रतियोगिताको आयोजना गरिएको क्लबले जानकारी दिएको छ। २४ गते अधिवेशनको उद्घाटन टिम दर्ता र गोलापर्था हुनेछ । २५ गते बिहान ७ बजेदेखि खेलकुद र दिउसो समापन हुने क्लबका अध्यक्ष इन्द्र थापाले बताए ।
प्रतियोगितामा गुल्मीदरबार गाउँपालिका भित्रका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् । खेल ए पोल र बि पोलमा खेलाइने क्लबका खेल संयोजक सुनिल बस्नेतले बताए । खेल खेल्न आउँदा खेलाडीले आफ्नो परिचय खुल्ने परिचयपत्र अनिवार्य ल्याउनुपर्ने छ।
प्रतियोगिताको बिजेताले नगद रु. १० हजार साथमा मेडल र प्रमाणपत्र तथा उपबिजेताले नगद रु.६ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा अनुशासित एवम् उत्कृष्ट खेलाडीलाई नगद रु.२ हजार साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ ।























