आदिवासी जनजाति पत्रकार महासंघमा भगवती

जगत ठाडा मगर
२०७८ मंसिर २६ | मध्यान्ह ०१:०८ बजे

सप्तरी, २६ मंसीर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीको अध्यक्षमा भगवती प्रसाद चौधरी चयन भएका छ्न ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीको शनिबार सम्पन्न तेस्रो जिल्ला अधिबेशनले चौधरीको अध्यक्षमा ७ सदस्यीय समिति गठन गरेको हो । गठित समितिको उपाध्यक्षमा जितेन्द्र प्रसाद चौधरी, सचिवमा रामनाथ चौधरी, सह सचिबमा राधा कुमारी चौधरी र कोषाध्यक्षमा रन्जना चौधरी चयन भएका छ्न ।
सदस्यहरुमा शम्भु चौधरी र अनिता चौधरी रहेका छ्न । अधिबेशनले बृजमान तामाङ, प्रिया सिंह थारु, डम्बर राई, राम बहादुर चौधरीलाई सल्लाहकारमा चयन गरेको नव निर्वाचित अध्यक्ष चौधरीले जानकारी दिए ।






















