राजनीति

युवराज न्यौपानेले फिर्ता लिए उम्मेदवारी, शेखर टिमलाई समर्थन गर्ने घोषणा

जगत ठाडा मगर
२०७८ मंसिर २६ | मध्यान्ह १२:०८ बजे

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति पदमा उम्मेदवारी दर्ता गराएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । उनले आइतबार मध्यान्ह साढे १२ बजेअघि निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।

उम्मेदवारी फिर्ता लिनुअघि पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूले उम्मेदवारी फिर्ता लिने बताए । उनले सभापतिका उम्मेदवार शेखर कोइरालाको टीम प्रगतिशील र युवाहरुको टिम भएकाले शेखरलाई नै समर्थन गर्ने बताएका छन् । यसैबीच निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिनका लागि प्रदान गरेको समय समाप्त भएको छ । समितिले उम्मेदवारी फिर्ता साढे १२ बजेसम्म समय दिइएको थियो ।

अब सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ ।

कमेन्टहरु