Opens in a new tab

राजनीति

काँग्रेस महाधिवेशन : केन्द्रीय सदस्यबाट २७ जनाले फिर्ता लिए उम्मेदवारी

जगत ठाडा मगर
२०७८ मंसिर २६ | मध्यान्ह १२:०८ बजे

काठमाडौ । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिको सदस्यका लागि उम्मेदवारी दिएकामध्ये हालसम्म २७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

शनिबार उम्मेदवारी मनोनयन दर्ता गराएका ५०९ जना उम्मेदवारमध्ये २७ जनाले निर्वाचन समितिको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता लिने समायावधि भित्र आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । केन्द्रीय सदस्य पदको उम्मेदवारी फिर्ता लिनेहरुमा जंगीलाल राय, संयजकुमार यादव, गोविन्दराज बोहरा, मीन विश्वकर्मा, सीताराम महतो, जुनाकुमारी थानी, ध्रुवराज गुरुङ र दिपक अधिकारी रहेका छन् ।

यस्तै, भीमार्जुन आचार्य, इन्दिरा थापा, गणेशकुमार मण्डल, विना पौडेल, भक्तबहादुर बलायर, माया राना, राजुराज जोशी, गोपीलाल विश्वकर्मा, मीनाकुमारी थापा, विष्णु पौडेल, अनु गुरुङ, शकुन्तला शर्मा, महेककुमार कर्माचार्य, सिंहबहादुर राना, संगीता मण्डल, सीता पौडेल, कमलप्रसाद भुसाल, उमेशकुमार बस्नेत र माधवप्रसाद आचार्यले केन्द्रीय सदस्य पदबाट उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन समितिले साढे १२ बजेभित्रमा उम्मेदवारी फिर्ता लिने चाहनेले लिन पाउने बताएका छन् ।

कमेन्टहरु