समाज

खोटाङकी सुष्माको जिब्रो अप्रेसन गर्न खर्च अभाव, सहयोगका लागि अनुरोध

जगत ठाडा मगर
२०७८ मंसिर २६ | बिहान १०:०८ बजे

। खोटाङको ऐसेलुखर्क महेन्द्र मावि कक्षा-९ मा अध्ययनरत सुष्मा तिवारीको जिब्रो सामान्य मानिसको भन्दा ठुलो भएको छ । अप्रेसन गर्दा जिब्रो निको हुने भए पनि आर्थिक अवस्था कमजोर भएको कारण उपचार खर्च जुटाउन समस्या भएकाले गर्दा सहयोगको लागि परिवारले आग्रह गरेका छन् । तिवारीको जिब्रो उमेर सँगै बढ्न थालेपछि समस्या भएको छ ।

डाक्टरको सल्लाह अनुसार यो ट्युमर भएको र नशा खुम्चिएकाले जिब्रो को अप्रेसन गर्दा निको हुन्छ। अप्रेसन गर्दा छ लाख देखि सात लाखसम्म लाग्ने र यसको उपचार काठमाडौँ मेडिकल कलेजमा सम्भव हुने डाक्टरहरूले बताएका छन।

यही मङ्सिरको १८ गते देखि २० गतेसम्म अप्रेसनको तयारी गर्नु पर्ने भएता पनि आर्थिक अभावको कारण समस्या भए पछि सुष्मा तिवारी बचाउ अभियान सुरु गरिएको छ। तरहराका युवा समाजसेवी सबिन भट्टराई र धुर्ब अधिकारीले उनको उपचारको लागि सहयोग अभियानको थालनी गरेका छन्।

आफ्नी छोरीको उपचारमा सकेको सहयोग गरिदिन सुष्माका बुवाले आग्रह गरेका छन् । मोबाइल नं. ९८६१९०८८६३ मा सम्पर्क गरी आर्थिक सहयोगको लागि बिरामीको बाबुसँग सम्पर्क समेत गर्न सकिने छ । थप जानकारी तथा सहयोगको लागि ९८५२०३४२४५ र ९८५११७६१६९ मा सम्पर्क गरी कलिलै उमेरमा गम्भीर रोगबाट पीडित भएकी तिवारीको उपचारमा सहयोग गर्न सकिने परिवारले जनाएको छ ।

याे बिषयलाई लिएर हामिले साे क्षेत्रका सांसद माननीय बिशाल भट्टराई सँग सम्पर्क गरेका थियाैँ , “म समग्र देसकाे नागरिकहरुकाे निम्ति एउटा सामाजिक पदधारण गरेकाे जिम्मेवार ब्यक्ति र खाेटाङ जिल्लाबाट प्रतिनिधित्व गरेकाे ब्यक्ति भएकाे हुँदा मेराे जिल्लाबासि सुष्माकाे उपचारकालागि हर प्रयास गर्ने छु ” भट्टराईले बताए। आशा गराैँ पिडित सुष्माकाे उपचारमा जिल्लाबासि समस्त देस बिदेसमा रहने नागरिकहरुले सहयाेग गरि उपचारमा सहयाेग गरिदिनुहुनेछ ।

त्यस्तैगरि जिल्लाबासि पिडित सुष्माकाे उपचारार्थ सहयाेगकालागि नेकपा एमाले खाेटाङ काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष नवराज राेकाले पनि मञ्चकाे तर्फबाट सक्दाे सहयाेग गर्ने बताएका छन्।

कमेन्टहरु