रामपुर खडाैना साना किसान कृषि सहकारी संस्थाकाे २३औं वार्षिक साधारणसभा सम्पन्न


सुरेश यादव
नवलपरासी, मंसिर २५ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ६ गडाैरीमा रहेकाे रामपुर खडाैना साना किसान कृषि सहकारी संस्था लिकाे आज २३औं वार्षिक साधारणसभा श्री महेन्द्र जनता माध्यमिक विधालय गडाैरीकाे प्राङ्गणमा सम्पन्न भएकाे छ ।
रामपुर खडाैना बचत तथा ऋण सहकारी संस्थाकाे नामले वि.सं. २०५५ साल चैत २४ गतेकाे दिन डिभिजन सहकारी कार्यालय नवलपरासीमा दर्ता भएकाे थियाे भने वि.सं. २०७२ साल पौष १ गते रामपुर खडाैना साना किसान कृषि सहकारी संस्था लि.काे नामले नाम परिवर्तन गरि आफ्नो कार्यक्रम सञ्चालन गर्दै आएकाे संस्थाका व्यवस्थापक धिरेन्द्र चाैधरीले जानकारी दिनुभयाे । संस्थाका अध्यक्ष विनाचल चमारले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे भने वार्षिक कार्यक्रम तथा बजेट संस्थाका लेखा संयाेजक श्रीराम यादवले प्रस्तुत गर्नुभएको थियाे ।
रामपुर खडाैना साना किसान कृषि सहकारी संस्था लि. का अध्यक्ष विनाचल चमारकाे अध्यक्षता तथा सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलकाे प्रमुख आतिथ्यतामा वार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा स्वागत मन्तव संस्थाका सञचालक समिति सदस्य चानबली यादवले राख्नुभएकाे थियाे ।
कार्यक्रममा सरावल गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष दिनेश सहानी, सरावल गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष कैलाश यादव, साना किसान विकास बैंक बुटवलका अधिकृत निरन्जन सहानी, सरावल गाउँपालिका कृषि शाखा प्रमुख कुलदिप सिहं, प्रतापपुर गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष दिवाकर चाैधरी, बडहरा दुबाैलिया आय आर्जन तथा कृषि सहकारी संस्था लि.का अध्यक्ष विरेन्द्र कुमार यादव, संस्थाका संचालक समिति सदस्य पारस नाथ गुप्ता , महेन्द्र जनता माध्यमिक विधालय गडाैरीका अध्यक्ष रविन्द्र कहार लगाएतकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रम सञ्चालन संस्थाका व्यवस्थापक धिरेन्द्र चाैधरीले गर्नुभएकाे थियाे ।






















