सिरहामा डोजरले किचेर एक बालकको मृत्यु


विनोद मण्डल
सिरहा, मंसिर २५ । सिरहामा डोजरले किचेर एक बालकको मृत्यु भएको छ । जिल्लाको धनगढीमाई नगरपालिका – ९ मुसहर्नियास्थित महेन्द्र राजमार्गको दक्षिणी छेउमा खेलिरहेको अवस्थामा डोजरले किच्दा एक बालकको घटनास्थलमै मृत्यु भएको हो ।
आज दिउँसो करिब ४ बजेको समयमा उक्त ठाउँमा सडकमा काम गरिरहेका चाइनिज कम्पनीको डोजरले किचेर स्थानिय संजीव मोक्तानको नौ वर्षिय छोरा सिद्धार्थ मोक्तानको ज्यान गएको प्रहरीले जनाएको छ । घटना घटेपछि स्थानीयले करिब एक घण्टा राजमार्ग अवरुद्ध गरेका थिए ।
अवरुद्ध राजमार्ग ईलाका प्रहरी कार्यालय लहानका डिएसपी तपण दाहालले कानूनी कारवाही अगाडि बढाउने जनाएपछि करिब साढे पाँच बजेतिर खुलेको थियो । बालकको शवलाई पोष्टमार्टमका लागि लहान अस्पताल लागिएको स्थानीयलाई उदृद् गर्दै प्रहरीले बताएका छन् ।
डोजर चालक घटना लगतै फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।






















