धर्म–संस्कृति/रीतिथिति

धर्मसंस्कार र अस्तित्व जगेर्नको निम्ति वडाको सहयोगले थामी समुदायमा हर्षोलास

जगत ठाडा मगर
२०७८ मंसिर २५ | मध्यान्ह ०७:०८ बजे

सन्तोष ठान्टी
दोलखा । नेपाल धर्मनिरपेक्ष देश हो । यहाँ विभिन्न भाषा, धर्म सस्कार र सस्कृती मनाउने मानिसहरु बसोबास गर्छन । विभिन्न संस्कृतिले भरिपुर्ण हाम्रो देश सुन्दर छ ।

यस्तै दोलखा बिगु गाउँपालिका – ८ खोपाचागु साबिक १/२ थाङ्मीचागुँस्थित टाङ्पेराङ्गमा थामी समुदायहरुको ठूलो सुन्दर बस्ति छन । सोही स्थानमा थामी समुदायहरुको सभ्यता, पहिचान र अस्तित्वको धरोहर निको टाङ्पेराङ्ग सेती भुम्या थानको निर्माण कार्यको लागि वडाबाट आर्थिक सहयोग गरेका छन ।

सोही भुम्या थान निर्माण सम्पन्नको लागि उपभोक्त निर्माण समिति गठन गरिएको छ । जसमा समितिका अध्यक्ष जित बहादुर थामी, सचिब एके थामी र कोषाध्यक्षमा मन माया थामी रहेका छन । सोही थान निर्माणको लागि वडाले दुई लाखको बजेट छुट्त्याईएको छ । आशा छ, यहाँका स्थानियले आफ्नो धर्म, सस्कृती र सस्कार जगेर्नको निम्ति वडाबाट छुट्याइएको बजेटको सहि सदुपयोग गरि उक्त स्थानमा भुम्या थानको निर्माण कार्य सम्पन्न गरोस ।

यहाँको स्थानियहरुमा योपनि अनुरोध गर्छौ कि, हाम्रो धर्म सस्कार जगेर्नको निम्ति हामी एक जुट भएर भुम्या थानको निर्माण गर्न आर्थिक, नैतिक र भौतिकरुपमा सहयोग गरौ ।

कमेन्टहरु