देश

पछिल्लो २४ घण्टामा २३६ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ मंसिर २५ | मध्यान्ह ०५:०८ बजे

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २३६ जना कोरोना संक्रमित थपिएका छन् ।

९ हजार १७८ जनामा गरिएको परीक्षणमा २३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । मन्त्रालयका अनुसार योसँगै अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या ५८८३ रहेकोे छ ।

पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ भने ३०७ जना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कमेन्टहरु