राजनीति

देउवा पक्षले टुंग्याए ८ सहमहामन्त्री र खस आर्यतर्फको केन्द्रीय सदस्य उम्मेदवार

जगत ठाडा मगर
२०७८ मंसिर २५ | मध्यान्ह ०४:०८ बजे

काठमाडौ‌ । नेपाली कांग्रेसको सभापति देउवा पक्षले ८ सहमहामन्त्री र खसआर्यतर्फका केन्द्रीय सदस्यको उम्मेद्वार टुंग्याएको छ ।

सभापति शेरबहादुर देउवासहितका नेताहरुको छलफलबाट महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव, खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर, थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय भएको देउवाको सचिवालयले जनाएको छ ।

त्यस्तै खस आर्यतर्फका केन्द्रीय सदस्यमा केशवकुमार बुढाथोकी, श्याम घिमिरे, नारायणबहादुर कार्की, कृष्णबहादुर कार्की, गेहेन्द्र गिरी, प्रकाश अधिकारी, गोविन्दबहादुर शाह तथा खस आर्यतर्फकै महिला केन्द्रीय सदस्यहरुमा मञ्जु खाण, नानु बास्तोला, चम्पा खड्का, कान्तिका सेजुवाल, लीला नेपाल र विद्या तिमिल्सिनालाई उम्मेदवारी चयन गरेको सभापति देउवाको सचिवालयले जानकारी दिएको छ ।

कमेन्टहरु