रामचन्द्र पौडेल किन ब्याक भयो सभापति उम्मेद्बारीबाट


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने भएका छन्। शनिबार बिहान बोहराटारमा आफूपक्षीय नेताहरुको छलफलपछि पौडेल १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारबाट पछि हट्ने निर्णय गरेका हुन्। पूर्वमहामन्त्री प्रकाशमानसिंहले सभापति पदमा उम्मेदवारी दिने निश्चित भएपछि पौडेल पछि हटेका हुन।
अब संस्थापनइतर पक्षबाट शशांक कोइराला सभापतिका लागि उम्मेदवार बन्ने निश्चित भएका छन्। देउवाले पनि कोइरालालाई नै सघाउने भएका छन्। शनिबारको छलफलमा युवापुस्ताका नेताहरुले पौडेललाई सभापतिका लागि शशांकलाई नै सहयोग गर्न दबाव दिएका थिए। गत सोमबारदेखि सभापतिमा साझा उम्मेदवार चयन गर्न पटकपटक बैठक र छलफल भएपनि सहमति हुन नसक्दा पौडेल सभापतिको रेसबाट ब्याक भएका हुन्।
इतर पक्षबाट गगन थापालाई महामन्त्रीको उम्मेदवार बनाउने निर्णय समेत भएको छ। अर्का उम्मेदवार विश्वप्रकाश शर्मालाई बनाउने सम्बन्धमा पनि छलफल भइरहेको बताइएको छ।






















