राजनीति

सुजाता कोइरालाले गुट परिबर्तन गरिन, प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा उम्मेद्बारी दिने घोषण

जगत ठाडा मगर
२०७८ मंसिर २५ | मध्यान्ह ०२:०८ बजे

काठमाडौ । केन्द्रीय सदस्य सुजाता कोइराला प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवारी घोषणा गरेकी छन । शनिबार उनले प्रकाशमान सिंह नेतृत्वको प्यानलबाट उपसभापति लड्ने घोषणा गरेकी हुन्।

भिजन भएको नेता भएकोले सिंहलाई सभापति बनाउन आफू लागेको उनले बताइन्। सिंहलाई सभापति बनाएर अब आउने चुनावमा नयाँ नेतृत्वसहित गएमा चुनाव जितिने उनको भनाई छ । `म पनि सभापति उठ्न चाहेको हुँ, तयारी पनि गरेकै हो। तर अब प्रकाशमानको नेतृत्वमा उपसभापति उम्मेदवारी दिँदैछु,´ उनले भनिन, ‘मलाई उपसभापतिमा स्थान दिएकोमा धन्यवाद।’

कोइराला परिवारकै शेखर कोइराला सभापति उठ्ने तयारी गरे पनि सुजाता भने प्रकाशमान टिमबाट उपसभापति उठ्न लागेकी हुन्।

कमेन्टहरु