प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी घोषणा

जगत ठाडा मगर
२०७८ मंसिर २५ | मध्यान्ह ०२:०८ बजे

काठमाडौ । नेपाली कांग्रेसको सभापति पदमा नेता प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गरेका छन् ।
पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मनोनयन दर्ता प्रक्रिया सुरू भइसकेपछि शनिबार दिउँसो औपचारिक कार्यक्रम गरेर सिंहले नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि आफूले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
सिंहको टिमबाट उपसभापतिमा सुजाता कोइरालाले उम्मेदवारी घोषणा गरेकी छन् । सभापतिमा उम्मेदवारी घोषणा गर्दै सिंहले अवधारणापत्र पनि सार्वजनिक गरेका छन्।






















