देश

मोटरसाइकल अनियन्त्रित हुदा, एकको मृत्यु दुई घाईते

जगत ठाडा मगर
२०७८ मंसिर २५ | मध्यान्ह १२:०८ बजे

बारा । तीव्र गतिका कारण तीन जना सवार मोटरसाइकल अनियन्त्रित हुँदा एकको घटनास्थलमा मृत्यु हुनुको साथै दुई जना गम्भीर घाईते भएका छन् । मृत्यु हुनेमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर–४ बस्ने वर्ष २७ को सुनिल चौहान रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विपिन ओझाले बताउनुभयो ।

सो मोटरसाईलमा सवार दुबै जना सोहीका २५ वर्षे जितेन्द्र पासवान र अमावत पासवान गम्भरीर घाईते भएका छन् । मृत्तक चौहान मोटरसाईकल चलाइरहेका थिए । प्रसौनीबाट बलुवा तर्फ गई रहेको ना ४६ प १२५९ मोटरसाईकल तीव्र गतिका कारण परवानीपुर गाउँपालिका वडा नम्बर–१ स्थित रोकी रहेको ना ६ ख ३६१० नम्बरको ट्रकमा पछाडिबाट शुक्रबार राति पौने १० बजे ठोक्किदा सो घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढले जनाएको छ ।

गम्भीर घाईते दुबै जनाको नेशनल मेडिकल अस्पताल वीरगंजमा उपचार भइरहेकाे तथा ट्रक र मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको प्रहरी निरीक्षक ओझाले जानकारी दिनुभयो ।

कमेन्टहरु