भ्रष्टाचार

अर्नमा गाउँपालिकामा विकास निर्माणमा अनियमितता, निकास ओझेलमा

जगत ठाडा मगर
२०७८ मंसिर २५ | मध्यान्ह १२:०८ बजे

विनोद मण्डल
सिरहा । सिरहाको अर्नमा गाउँपालिकामा विकास निर्माण कार्य ओझेलमा परेको छ । पालिका अध्यक्षले आफ्नो नजिकको मान्छेलाई उपभोक्ता समिति बनाई विकास सञ्चालन गर्दा सडक, पानी निकास, ढलान, मंदिर जस्ता भौतिक संरचना ओझेलमा परेको छ ।

विकासका बारेमा उपभोक्ता समिति गठनको प्रक्रियाको बारेमा गुपचुप रहने पालिकाको हैकमवादको कारण हामीले सास्ती भोग्दै आएको स्थानियको गुनासो रहेको छ भने, त्यहाँका निर्माणधिन भवनहरूमा व्यापक अनियमितता भएको स्थानियको गुनासो रहेकाे पाइन्छ । विकासका कार्यमा प्रत्यक्ष अप्रत्यक्षय रूपमा त्यहाँका सरकारी कर्मचारीहरु सहभागिता रहिआएको स्थानियको गुनासो छ ।

स्थानिय स्तरमा निर्माण भएको ढलानको उपभोक्ता समिति गठनमा गरेको भ्रष्टाचार र स्थानिय पोखरीबाट पानी निकासको लागि बनाइएको करिब १० लाख लागतको निर्माणमा बनेको योजना पानी निकास नभएपछि पुन उक्त नगर भत्काउन लागिएको अवस्था रहेको छ भने करिब १ करोड लागतमा तयार हुन लागेको स्वास्थय भवनको अवस्थाप्रति स्थानिय जनता अनविज्ञ देखिएका छन् ।

समाचार संकलन गर्दा स्थानियले डराई डराई विवरण दिएको हुनाले सत्य तथ्य बाहिर ल्याउन अाम सञ्चारलाई स्थानियले गुहारेका छन् । यस पालिकाभित्र तत्काल अख्तियारको ध्यान केन्द्रित गर्नुपर्ने स्थानीय जनताको माग रहेको छ ।

कमेन्टहरु