देश

इलेक्टोनिक पसलमा आगलागी हुँदा एक करोड बराबरको क्षति

जगत ठाडा मगर
२०७८ मंसिर २५ | बिहान ११:०८ बजे

सर्लाही, २५ मंसिर । सर्लाहीको हरिवनमा शुक्रबार राती एक इलेक्टोनिक होलसेल पसलमा आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ ।

हरिवन नगरपालिका वडा नम्वर ८ का बिक्रम नेपालले हरिवन नगरपालिका वडा नम्वर ११, बजारस्थित मधु कुमारी थापाको घरमा सर्टर भाडा लिएर राखेको होलसेल पसलमा आगलागी भएको हो । शुक्रबार राती साँढे १ बजेतिर भएको आगलागीबाट पसलभित्र बिक्रीका लागि राखिएको टिभी, फ्रिज लगायतका सरसामग्री जल्दा एक करोड बराबरको क्षति भएको पीडित नेपालले बताए ।

आगलागीमा परेर पसल बाहिर पार्किङ गरेर राखिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीको ज २ प ८५७६ नम्वरको मोटरसाइकल समेत पूर्णरुपमा जलेको छ । आगलागी स्थानीयवासी, दमकल र प्रहरी मिलेर करिव १ घण्टापछि नियन्त्रणमा लिएको थियो ।

आगलागीको वास्तविक कारण खुल्न नकसेपनि विद्युत् सर्ट भएर भएको हुनसक्ने आशंका गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता कृष्ण गिरीले जानकारी दिए ।

कमेन्टहरु