Opens in a new tab

समाज

मुसहर समुदायमा समाजसेबी चौधरीद्वारा खानेपानी धाराको ब्यबस्था

जगत ठाडा मगर
२०७८ मंसिर २५ | बिहान ११:०८ बजे

महेश सिंह
सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर १५ ढोडनास्थित रहेको मुसहर समुदायले बर्षौ देखि खोलाको पानी पिउने बाध्यता रहेका दलित मुसहर समुदायमा नेपाली काङ्ग्रेस नेता तथा बरिष्ठ समाजसेबी महेश चौधरीले खाने पानीको ब्यबस्था गरिदिएका छन ।

करिब ४५ घर धुरी रहेका मुसहर समुदायलाई चौधरीले आफ्नै ब्यक्तिगत खर्चमा पिउने पानीको ब्यबस्था गरिदिएका छन ।

राज्यको सेवा सुबिधाबाट बन्चितीकरणमा परेका मुसहर समुदायलाई लहान नगरपालिकाबाट समेत कुनै किसिमको सहयोग नभएको अवस्था रहेको छ। २१ औं शताब्दीमा आई पुग्दा बिश्वमा टेक्नोलोजी प्राविधीले निकै फडको मारे पनि लहान १५ का मुसहर समुदायहरु हाल सम्म खोलाको धमिलो पानी खान बाद्य्य रहेका थिए ।

चौधरीले उक्त बस्तीमा पुग्दा खोलाको पानी पिउने गरेको देखेपछि स्वर्गीय संगिता स्मृति प्रतिष्ठानद्वारा खानेपानीको लागी सानो टुवेलभ ठुलो पानी ट्याङ्की र पानी तान्ने मोटर सहित खानेपानी धाराको ब्यबस्था मिलाई दिएको हो।

समाजसेबी महेश चौधरीको श्रीमती कोरोना कालमा समाजसेवा गर्दा गर्दै कोरोना लगेर संसार छोडेर सधैंको लागि अलबिदा भएको थियो। चौधरीको धर्मपत्नी कोरोनाको कारणले मृत्यु भएको थियो । चौधरीले श्रीमतीको सम्झनामा प्रत्येक महिनाको २२ गतेको दिन समाजसेबी समाजमा बिपन्न बर्गलाई सहयोग गर्दै आइरहेका छन ।

कमेन्टहरु