गाईसंग ठोक्किँदा मोटरसाइकल सवार दुई जना घाईते

जगत ठाडा मगर
२०७८ मंसिर २५ | बिहान ०८:०८ बजे

कैलाली । कैलालीमा गाईसँग मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन् । जिल्लाको गौरीगंगा नगरपालिका -६ कठौतीस्थित पूर्वपश्चिम राजमार्गमा बा८९क १७३३ नम्बरको मोटरसाइकल गाईसँग ठोक्किएको प्रहरीले बताएको छ।
मोटरसाइकलको ठक्करबाट गाईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मोटरसाइल चालक टीकापुर नगरपालिका -६ का ३० वर्षीय रविन चन्द गम्भीर घाइते भएका र उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जेशीले बताए।
पछाडि सवार टीकापुर -९ की २२ वर्षीया फरिदा साउदको पनि निसर्गमै उपचार भइरहेको उनले बताए।






















