देश

ट्रकको ठक्करबाट कुदिरहेको माइक्रोबस घरभित्र छिर्यो

जगत ठाडा मगर
२०७८ मंसिर २५ | बिहान ०७:०८ बजे

चितवन । सडकमा कुदिरहेको माइक्रोबसलाई मालवाहक ट्रकले ठक्कर दिएपछि माइक्रो राजमार्ग नजिकैको घरभित्र छिरेको छ ।

पछाडीबाट ट्रकले ठक्कर दिएपछि अनियन्त्रित भएको माइक्रो सडक छोडेर घरतिर हुत्तिएको हो । पृथ्वी राजमार्गको चितवन खण्ड अन्तर्गत चितवनको इच्छाकामाना गाउँपालिका–३ फिस्लिङ बजारमा उक्त दुर्घटना भएको हो।

काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको माइक्रोबसका यात्रुमध्ये चारजना सामान्य घाइते भएका छन् । बा ३ ख ८६३० नम्बरको उक्त माइक्रोबसलाई एकै साइडमा रहेको ना ६ ख ५५०३ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

कमेन्टहरु