काँग्रेस सभापतिमा उम्मेदवारी दर्ता शुल्क ३० हजार, उपसभापतिका लागि २५ हजार

जगत ठाडा मगर
२०७८ मंसिर २५ | बिहान ०७:०८ बजे

काठमाडौं । नेपाली काँग्रेसको सभापति पदका लागी उम्मेदवारी दर्ता शुल्क रु ३० हजार रुपैयाँ लाग्ने भएको छ । यस्तै उपसभापति र महामन्त्री पदमा २५–२५ हजार र सहमहामन्त्री पदका उम्मेदवारी दिन २० हजार शुल्क तोकिएको छ ।
यसैगरी केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्न रु १० हजार शुल्क तिर्नुपर्ने छ । केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयन दर्ता गर्नुअघि नै बैंक खातामा रकम जम्मा गर्नुपर्नेछ । रकम जम्मा गर्नका लागि समितिले प्रभु बैंकको खाता उपलब्ध गराएको छ ।
काँग्रेसको सभापतिसहित १३४ पदका लागि आज मनोनयन दर्ता हुँदैछ । मतदान भने सोमबार हुने निर्वाचन समितिले जनाएको छ ।






















