आन्तरिक छलफलमा जुटे सिटौला समूह

जगत ठाडा मगर
२०७८ मंसिर २४ | मध्यान्ह ०८:०८ बजे

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्ण सिटौला समूहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।
केन्द्रीय महाधिवेशनमा सभापति शेरबहादुर देउवासँग सहकार्य गर्ने रणनीतिमा रहेका सिटौला पार्टी महाधिवेशनको उद्घाटन सत्र सकिएलगत्तै भृकुटीमण्डप क्षेत्रमा आन्तरिक छलफलमा जुटेका हुन् ।
आफ्नो समूहबाट चुनावी प्रक्रियामा सहभागी हुने नेताहरुको नाम टुंगो लगाएर सिटौलाले देउवासँग अन्तिम छलफल गर्ने स्रोतले जनाएको छ । सिटौलाले महामन्त्रीको रुपमा प्रदीप पौडेललाई अघि सारेका छन् ।
उनले पहिलेदेखि नै आफूलाई साथ दिने प्रतिनिधिहरूलाई स्थापित गरिछाड्ने बताउँदै आएका छन् ।






















